‘प्रबल जनसेवा श्री’ पदकबाट जितु नेपाल विभुषित
कलाकार जितु नेपाल ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित भएका छन् । राष्ट्रको गौरव एवम् जनताको हित अभिवृद्धिमा उल्लेखनिय योगदान पुर्याएको ठहर गर्दै नेपाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गरेकी हुन ।
‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएपछि जितुले ‘प्रबल जनसेवा श्री’ पदक ग्रहण गर्न पाउँदा अत्यन्तै हर्षीत भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस् लेख्दै जितुले यस मान पदकको गरीमालाई कदापी घट्न नदिने प्रतिवद्धता जनाएका छन् । साथै पदकलाई सबै चलचित्रकर्मी, सम्पुर्ण हास्यकलाकार, दर्शकहरु, मिडीयाकर्मी, सुभचिन्तक र आफ्नो परीवार प्रती समर्पीत गर्न चाहेको उल्लेख गरेका छन् । साथै आफुलार्इ उक्त पदकका लागि सिफारीस गर्ने सबैलाई आभार समेत व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरूको घोषणा गरिएको थियो ।
जितुको साथै कला क्षेत्रबाट अशेष मल्ल, ब्याकुल माइला, कृष्ण कँडेल र दुर्गा रायमाझीले पदक पाप्त गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
